KhabarUjyalo

प्रेम आलेलाई डोटी छाडेर कैलाली ४ मा उठ्न कांग्रेसका बलायर तयार

५ आश्विन २०७९, बुधबार
प्रेम आलेलाई डोटी छाडेर कैलाली ४ मा उठ्न कांग्रेसका बलायर तयार

धनगढी– नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर कैलाली क्षेत्रनम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्ने भएका छन्।

कांग्रेस नेता वीरबहादुर बलायर डोटी एकीकृत समाजवादीलाई छोड्न तयार भएका हुन् ।

२०७४ मा बामगठबन्धनबाट प्रेम आलेले डोटीमा निर्वाचन जितेका थिए । आले हाल एकीकृत समाजवादीमा छन् । 

यसअघि कैलाली- ४ मा वाम गठबन्धनबाट तत्कालीन माओवादी केन्द्रका नेता (हाल एमाले सचिव) लेखराज भट्ट विजयी भएका थिए।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बलायरलाई कैलाली ४ र ५ मध्ये एक रोज्न भनेका थिए। आफूले ४ रोजेको बलायर बताउँछन्।  उनले भने, ‘म पार्टीको सिपाही हुँ। जहाँबाट लड्न भन्यो, त्यहीँबाट लड्छु। अहिले कैलाली- ४ बाट चुनाव लड्ने तयारी गर्नू भनिएको छ।’

बलायर डोटीबाटै प्रतिनिधि सभाको तयारी गरिरहेका थिए। उनी २०७४ मा डोटीबाट तत्कालीन नेकपा एमाले र हाल एकीकृत समाजवादीका नेता प्रेम आलेसँग पराजित भएका थिए। डोटी एकीकृत समाजवादीका आलेलाई छाड्नुपर्ने भएपछि उनलाई नयाँ क्षेत्रमा पठाइएको हो। आफू सुदूरपश्चिम प्रदेशकै सभापति पनि भएकाले कैलाली- ४ बाट प्रतिनिधित्व गर्दा सहज हुने उनले बताए। तर डोटीमा आफ्नो निरन्तर आउजाउ रहने उनको भनाइ छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo