KhabarUjyalo

एमाले संसदीय दलमा ओलीले गरे अन्तिम सम्बोधन, सामूहिक फोटो खिचाएर विदाइ भए सांसद

३१ भाद्र २०७९, शुक्रबार
एमाले संसदीय दलमा ओलीले गरे अन्तिम सम्बोधन, सामूहिक फोटो खिचाएर विदाइ भए सांसद

काठमाडौं । नेकपा एमालेले आफ्ना सांसदहरुलाई विदाइ गरेको छ । शुक्रबार बसेको नेकपा एमाले संसदीय दलको बैठक बसेर एमाले सांसदहरु छुटिएका हुन् । उनीहरुले बैठकको अन्त्यमा सामूहिक फोटोसमेत खिचेका छन् ।

प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल सकिन एकदिन मात्रै रहन बाँकी रहँदा अध्यक्ष केपी शर्मा ओलीले सबै सांसदहरुलाई बैठकमा बोलाएर यो कार्यकालको अन्तिम सम्बोधन गरेका हुन् ।

उनले आउँदो निर्वाचनमा जित निकाल्नका लागि सम्पूर्ण शक्ति प्रयोग गर्न निर्देशन दिँदै यो कार्यकालमा सांसदहरुले खेलेको भूमिकाको पनि धन्यवाद प्रदान गरे ।

बैठकमा उनले भने, ‘यस अवधिमा धेरै खालका उतारचढाव आए, एमालेका माननीयले निकै राम्रो भूमिका खेल्नुभो । त्यसका लागि धन्यवाद दिन चाहन्छु।’

त्यस्तै उनले पार्टी विभाजनको प्रसंगलाई जोड्दै दुखसमेत व्यक्त गरेका छन् । उनले माधव नेपाललाई लक्षित गर्दै कटाक्षसमेत गरेका थिए ।

‘केही साथीहरू पार्टी फुटाएर जानुभयो । संसदमा माझीदाइ देश बचाइदेऊ भन्दै गीत गाएर ताण्डव देखाए साथीहरूले,’ अध्यक्ष ओलीले कटाक्ष गरेका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo