KhabarUjyalo

कर्मचारीलाई तलब दिन विदेशीसँग माग्नुपर्ने बेला आयो : प्रधानमन्त्री देउवा

२२ भाद्र २०७९, बुधबार
कर्मचारीलाई तलब दिन विदेशीसँग माग्नुपर्ने बेला आयो : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोगबिना देश अघि बढ्न नसक्ने बताएका छन् । अहिले देशको आम्दानी नहुँदा कर्मचारीहरुलाई पनि विदेशबाट पैसा मागेर दिनुपर्ने बेला आएको उनको भनाइ छ । 

“तपाईहरु नै स्थायी सरकार हो । स्थायी सरकारले काम गर्दैन के गर्ने ? कसरी देश अघि बढ्न सक्छ । पैसा नै छैन कति विदेशबाट माग्ने, हुँदाहुँदा कर्मचारीको तलब दिन पनि विदेशबाट माग्नुपर्ने बेला भइसक्यो,” देउवाले भने, “काम हुनुपर्छ नि । देशको आम्दानी हुनुपर्छ नि । ब्युरोकेसीको सहयोगबिना कुनै पनि देश अघि बढ्दैन । जनताको सेवा गर्ने पहिलो माध्यम त ब्युरोकेसी हो नि । उसले गर्दैन त कसरी देश बन्छ ?”

बुधवार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कर्मचारीको सहयोगबिना देशको विकास हुन नसक्ने बताए । उनले देशको दूर्गति के कारणले भएको हो भन्ने कारण पहिल्याउन आवश्यक रहेको पनि बताए । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo