KhabarUjyalo

बागलुङ २ बाट पनि प्रत्यक्षतर्फ डा. आरजु देउवा सिफारिस

१८ भाद्र २०७९, शनिबार
बागलुङ २ बाट पनि प्रत्यक्षतर्फ डा. आरजु देउवा सिफारिस

बागलुङ — आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवालाई बागलुङ क्षेत्र नम्बर २ बाट पनि उम्मेदवार सिफारिस गरेका छन् । प्रत्यक्षतर्फ १० जना उम्मेदवार आकांक्षीको नामावली संकलन गरी सिफारिस पठाउने क्रममा देउवापत्नी पहिलो नम्बरमा परेकी हुन् । 

महाधिवेशन प्रतिनिधि तथा पूर्वक्षेत्रीय सभापति द्रोण कुँवर वारेस रहेर देउवाको नाम प्रस्ताव गरेका थिए । प्रस्तावपछि क्षेत्रीय समितिले देउवासहित १० जनाको नाम सिफारिस गरेको कांग्रेस क्षेत्रीय सभापति जोकलाल बुढाले बताए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo