KhabarUjyalo

डडेल्धुराबाट समानुपातिकमा डा. आरजु देउवाको नाम सर्वसम्मत सिफारिस

१७ भाद्र २०७९, शुक्रबार
डडेल्धुराबाट समानुपातिकमा डा. आरजु देउवाको नाम  सर्वसम्मत सिफारिस

डडेल्धुरा । नेपाली काँग्रेस डडेल्धुराले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ। शुक्रबार बसेको जिल्ला समितिको बैठकले प्रतिनिधि सभामा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा र प्रतिनिधि सभामा महिलातर्फबाट समानुपातिकका लागि केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको नाम पनि डडेल्धुराबाट सर्वसम्मत रुपमा सिफारिस गरेको जिल्ला उपसभापति डिल्लीराज जोशीले बताए।

यसअघि बिहीबार क्षेत्रीय समितिले देउवाको नाम सर्वसम्मत रुपमा जिल्लालाई सिफारिस गरेको थियो। यस्तै उपसभापति जोशीका अनुसार प्रदेशसभा ‘क’मा जिल्ला सभापति भीमबहादुर साउद र ‘ख’मा सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराको नाम सर्वसम्मत सिफारिस गरेको छ।

यस्तै नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डा. आरजु राणा देउवाको नाम कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फबाट पनि सिफारिस गरेको छ। 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo