KhabarUjyalo

देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसले गठबन्धन नगर्ने

१७ भाद्र २०७९, शुक्रबार
देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसले गठबन्धन नगर्ने

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको कांग्रेस जिल्ला बैठकले डडेल्धुरामा गठबन्धन नगर्ने निर्णय गरेको हो ।


आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभामा सत्तासिन ५ दल गठबन्धन गर्ने सहमति भैरहदा डडेल्धुरा जिल्ला कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको छ । जिल्लामा कांग्रेस राम्रो क्षेत्र भएकाले गठबन्धनको आवश्यकता नरहेको भन्दै कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराले सो निर्णय गरेको कार्यबाहक सभापति डिल्लीराज जोशीले जानकारी दिए।

आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनका  लागि प्रतिनिधितर्फ प्रत्यक्षमा प्रधानमन्त्री देउवाको नाम सर्वसम्मत सिफारिस गरेको छ।

प्रधानमन्त्री देउवाकी पत्नी डा. आरजु राणा देउवाको नाम प्रतिनिधि सभामा महिलातर्फबाट समानुपातिकका लागि सर्वसम्मत सिफारिसमा परेको छ।

प्रदेश सभा सभामा पनि कांग्रेसले एकल नाम सिफारिस गरेको छ। प्रदेश सभा (१) मा कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँद र (२) मा गोबिन्दबहादुर बोहराको एकल नाम सिफारिस भएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo