KhabarUjyalo

बाँके ३ बाट पनि डा. आरजु देउवाको नाम सिफारिस

१६ भाद्र २०७९, बिहीबार
बाँके ३ बाट पनि डा. आरजु देउवाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ डा.आरजु राणा देउवा सहित११ जना र समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का, केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठोर र प्रधानमन्त्री पत्नी नेतृ डा। आरजु राणा देउवाको नाम समेत सिफारिस गरेको छ । सुर्खेतका खड्का सुर्खेत १ बाट चुनाव लड्दै आएका छन् । बर्दियाका राठोरको निर्वाचन क्षेत्र बर्दियाकै क्षेत्र नम्बर २ हो । राणा २०७४ मा कैलाली ५ बाट चुनाव लडेकी थिइन् । यसपटक पनि उनी कैलाली ५ बाट एकल सिफारिसमा परेकी छिन् ।

यस्तै महासमिति एवम् संविधानसभा सदस्य बादशाह कुर्मी, संविधानसभा सदस्य आशा विक, महासमिति सदस्य मेघराज वली, महासमिति सदस्य लक्ष्मीनारायण शाह, क्षेत्रीय सभापति मो। नक्की खाँ, महाधिवेशन प्रतिनिधि देवबहादुर खत्री, पूर्व महाधिवेशन प्रतिनिधि उत्तमराज घिमिरे र प्रदेश अधिवेशन प्रतिनिधि तेजेन्द्र कँडेललाई सिफारिस गरेको क्षेत्रीय सचिव ज्ञानबहादुर वलीले जानकारी दिए ।

यस्तै समानुपातिकतर्फ पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ, कृष्ण विक रसाइली, हरिभक्त उप्रेती, गगन बहादुर विक, अनिता योगी, शेरबहादुर गुरुङ, अर्जुनसिंह पाण्डे, पुष्पा सुनार र चक्रबहादुर मल्ल सिफारिसमा परेका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo