KhabarUjyalo

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई ठूलो झडका, प्रभावशाली नेताहरू एमालेमै फर्किए

१५ भाद्र २०७९, बुधबार
सुदूरपश्चिममा एकीकृत समाजवादीलाई ठूलो झडका, प्रभावशाली नेताहरू एमालेमै फर्किए

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीलाई ठूलो झडका लागेको छ । कञ्चनपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एसका प्रभावशाली नेताहरू एमालेमै फर्किएका छन् ।

एकीकृत समाजवादीकि प्रतिनिधि सभा सदस्य विना बुढाथोकी, पूर्वमन्त्री तारा लामा तामाङ,नेकपा एसका पोलिटब्युरो सदस्य तथा निवर्तमान प्रदेश अध्यक्ष विक्रम शाही,  वेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्द , नेता वीरबहादुर लगायर प्रदेश र जिल्ला कमिटीका सदस्यहरू प्रवेश गरे । यस्तै आजै बर्खास्त गरेका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी एमाले फर्किएका हुन् ।

उनी एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo