KhabarUjyalo

एमाले अध्यक्ष केपी शर्मा ओली आज कञ्चनपुरमा आउदै !

१५ भाद्र २०७९, बुधबार
एमाले अध्यक्ष केपी शर्मा ओली आज कञ्चनपुरमा आउदै !

धनगढी,१५ भदौ ।  नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली आज कञ्चनपुर आउने भएका छन्। कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने ‘बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’लाई सम्बोधन गर्न ओली आउन लागेका हुन्।

एकीकृत समाजवादी पार्टीकी प्रतिनिधि सभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व अध्यक्ष बिक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोक कुमार चन्दसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गर्न लागेका छन्।

सांसद बुढाथोकीका श्रीमान् समेत रहेका एकीकृत समाजवादीका वीरबहादुर बुढाथोकी पनि एमाले प्रवेश गर्ने बताइएको छ। समाजवादीका जिल्ला उपाध्यक्षसहितका ४ जना पदाधिकारी एमालेमा फर्किने बताइएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo