धनगढी : सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति तय गरेसँगै नेपाली काङ्ग्रेसका नेताहरु पार्टीभित्र उम्मेदवार बन्न दाबी गर्न थालेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आगामी संघीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दाबी गरेका छन् ।
यस्तै क्षेत्र नम्बर ४ बाट संघमा नेपाली काँग्रेसबाट अन्य ५ जनाले दाबी पेश गरेका छन ।
पुर्व केन्द्रियसदस्य सुनिलकुमार भण्डारी, टेकराज जोशी र प्रकाश बम, भोजराज भट्ट र लक्ष्मीराज पाठकले दाबी गरेका छन् । पाँच दलिय गठबन्धन गरेर चुनावमा जाने सत्तासिन दलले सहमति गरेका छन् । सिट बाडफाडका लागि छ्लफलमा जुटेका छन् । सहमति हुनसकेको छैन । कैलालीको क्षेत्र नम्बर ४ मा एकीकृत समाजबादीले पनि दाबी गरेको छ ।

