KhabarUjyalo

पुर्वमन्त्री तारालामा तामाङद्वारा एमालेमै फर्किने घोषणा !

१३ भाद्र २०७९, सोमबार
पुर्वमन्त्री तारालामा तामाङद्वारा एमालेमै फर्किने घोषणा !

धनगढी,१३ भदौ ।  नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका  सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री तारालामा तामाङले आफू पुनः एमालेमै फर्किने घोषणा गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सभामा विशेष समय माग गर्दै उनले सत्ता गठबन्धनले जनताको भावनाअनुसार काम नगर्न नसकेको भन्दै आफूले पुन एमाले रोज्न थालेको बताए । उनले आगामी दिनहरूमा संसदमा पनि जुन पार्टीको जुन चिन्हबाट निर्वाचित भएको त्यही हिसाबले प्रस्तुत हुने जानकारी दिए ।

‘अहिलेको गठबन्धनले जनताको पक्षमा काम गर्न सकेन’ मलाई प्रदेश सभाको अहिलेको रेकर्डमा जे भए पनि म सुरुमा निर्वाचित पार्टीको चिन्हकै हिसाबले प्रस्तुत हुनेछु’ उनले सभामुखलाई जानकारी गराए ।

उनले आफू मन्त्री बन्नको लागि एमाले छोडेर नेकपा एकीकृत समाजवादी नरोजेको समेत प्रष्ट पारेका थिए । ‘मन्त्री हुनका लागि मात्र अर्को पार्टीमा गएको होइन, छ महिना मन्त्रालय चलाएपछि अर्को गठबन्धन भयो कांग्रेस सरकारमा आयो तर तरिका पुरानै भयो’ उनले भने ‘जुन चिन्हबाट निर्वाचित भए अब त्यसैको हुन्छु ।’

तामाङ ०७४ सालको निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए । उनी त्यो बेला एमाले कञ्चनपुरका अध्यक्ष समेत थिए । एमाले विभाजन पछि उनले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका थिए । तामाङसहितलाई एमाले प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली भदौ १५ गते महेन्द्रनगर आउँदै छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo