KhabarUjyalo

राष्ट्रपतिलाई देउवाले भेटेकै दिन ओलीले पनि भेट गर्ने !

१३ भाद्र २०७९, सोमबार
राष्ट्रपतिलाई देउवाले भेटेकै दिन ओलीले पनि भेट गर्ने !

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएका छन् ।आज प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस पदाधिकारीले राष्ट्रपति भेटेकै दिन ओली पनि भेट वार्ताका लागि शीतल निवास पुग्ने भएका हुन् ।

आजै साँझ ५ बजे राष्ट्रपतिले अध्यक्ष ओलीसँग भेट्ने तय भएको छ । नागरिकतासम्बन्धी विधेयक पुनरवलोकनका लागि प्रतिनिधिसभामा फिर्ता पठाएकी राष्ट्रपति भण्डारीले पछिल्लो केही दिनयता छलफललाई तिव्रता दिएकी छन् । राष्ट्रपतिले परिमार्जनका लागि फिर्ता पठाएको विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएर राष्ट्रिय सभामा पुगेको छ ।राष्ट्रियसभाले उक्त विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo