KhabarUjyalo

एकीकृत समाजवादीले डोटीबाट प्रतिनिधि सभामा प्रेम आलेलाई सिफारिस

१३ भाद्र २०७९, सोमबार
एकीकृत समाजवादीले डोटीबाट प्रतिनिधि सभामा प्रेम आलेलाई सिफारिस

धनगढी : आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि एकीकृत समाजवादी पार्टी डोटीले उम्मेदवार सिफारिस गरेको छ। पार्टी कार्यालय सिलगढीमा बसेको बैठकले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका प्रत्यक्ष र समानुपातिक उमेदवारको नाम प्रदेश कमटीलाई सिफारिस गरेको हो।

निवर्तमान संस्कृति पर्यटन तथा नागरीक उड्यन मन्त्री प्रमे आलेको नाम प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ भाग लिने सूचिमा सिफारिस गरिएको एकीकृत समाजवादी डोटीका अध्यक्ष दिर्घराज बोगटीले जानकारी दिए।

उनका अनुसार प्रतिनिधि सभाको समानुपातिक तर्फ सुदूुरपश्चिम प्रदेश सरकारका निर्वतमान आन्तरीक मामिला तथा कानुन मन्त्री पूणा जोशी, ऐश्वरीया भण्डारी विष्ट, महादेव भारती र डम्मरू देव भट्टको नाम सिफारिस गरिएको छ।

प्रदेश सभा ‘क’ का लागि प्रत्यक्ष तर्फ पाटीका प्रदेश अध्यक्ष हर्कबहादुर सिह र पार्टीका डोटी जिल्ला अध्यक्ष दिर्घराज बोगटीको नाम सिफारिस गरिएको छ। प्रदेश ‘क’ समानुपाति तर्फ शिवराज खड्का, सिता रायमाझि, गोरख सार्की, धनबहादुर नेपाली र खगेन्द नेपालीको नाम सिफारिस गरिएको बोगटीले जानकारी दिए।

डोटीको प्रदेश सभा ‘ख’ का लागि प्रत्यक्ष तर्फ प्रदेश सरकारका निर्वतमान आन्तरीक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीको नाम सिफारीस गरिएको छ भने समानुपातिक तर्फ यज्ञराज जोशी, ताप सिह केलल, मेघराज भट्ट र नेत्र शाही सिफारिस भएका छन्।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo