काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको कांग्रेसले बताएको छ।
कांग्रेस सचेतक मीनबहादुर विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै अहिले उनको अवस्था स्थिर रहेको जनाएका हुन्।
उपचारमा संलग्न चिकित्सक र पारिवारिक जानकारी अनुसार उनको अवस्था स्थिर रहेको कांग्रेसले जनाएको छ । कांग्रेसले उनको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।
लामो समय भारतमा स्वास्थ्य उपचारपछि नेता गिरी नेपाल फर्किएका थिए । स्वास्थ्यमा क्रमिक सुधार भइरहँदा कही दिन अघि उनको छातीमा संक्रमण देखिएको हो । उनको अहिले मेडी सिटी हस्पिटल ललितपुरमा उपचार भइरहेको छ ।
