KhabarUjyalo

निर्वाचनपछि एमाले सरकार बनेन भने देश बर्बादीमा जान्छ : ओली

४ भाद्र २०७९, शनिबार
निर्वाचनपछि एमाले सरकार बनेन भने देश बर्बादीमा जान्छ : ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने चेतावनी दिएका छन् ।

शनिबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले चेतावनी दिएका हुन् । गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भएको समेत बताए ।

सत्ता गठबन्धनकै सरकारका कारण बेतिथि उत्कर्षमा पुगेको ओलीले बताए । अध्यक्ष ओलीले परमादेशबाट बनेको सरकारले जनादेश प्राप्त गरेर फेरि पनि अहिले सरकारमा भएका दलहरूको सरकार बन्यो भने ‘त्यो सरकारले मान्छे कुट्दै हिँड्ने’ दाबी गरे ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo