काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आज नागरिकता विधेयकका विषयमा छलफल गर्ने भएको छ ।
बिहान ९ बजे कांग्रेसले संसदीय दलको कार्यालयमा कानुनका विज्ञहरूलाई डाकेर नागरिकता विधेयकमा राष्ट्रपतिले राखेको धारणा तथा एमालेले उठाएका सवालका विषयमा छलफल गर्न लागेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेपछि राष्ट्रियतासँग जोडेर कांग्रेसिमाथि टिकाटिप्पणी भए पनि कांग्रेस मौन थियो । अब भने कांग्रेसले अन्य राजनीतिक दल तथा विज्ञहरुसँग छलफल गरी आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।
विज्ञहरुसँगको छलफलपछि कांग्रेसले चार महले बनाएर नागरिकता ऐनमा अहिलेको व्यवस्थासँगै विगतका अभ्यास र कानुनी व्यवस्था सार्वजनिक गर्ने तयारी गरेको कांग्रेस एक नेताले जानकारी दिए ।
आजै बस्ने प्रतिनिधि सभा बैठकले नागरिकता विधेयक पारित गर्ने तयारी छ ।
