काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अभिनेत्री एवं राप्रपा केन्द्रीय सदस्य रेखा थापाबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा बुधबार केपी शर्मा ओली र रेखा थापाबीच भेटवार्ता भएको हो ।भेटमा राप्रपा महामन्त्री कुन्ती शाही पनि उपस्थित थिइन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले राप्रपासँग तालमेल गर्न सक्ने बिषय र समसामयिक राजनीतिबारे ओलीसँग छलफल भएको बताइन् ।
