KhabarUjyalo

रामकुमारी झाक्रीले भनिन्- राजनीति सफा गर्न युवा पुस्ताले हस्तक्षेप गरौं

२५ श्रावण २०७९, बुधबार
रामकुमारी झाक्रीले भनिन्- राजनीति सफा गर्न युवा पुस्ताले हस्तक्षेप गरौं

धनगढी : पुर्वमन्त्री तथा समाजवादीकी सचीव रामकुमारी झाक्रीले राजनीतिमा युवा पुस्ताले हस्तक्षेप गर्नु पर्ने बताएकी छन् ।

बुधबार टिकटकमा एक टेलिभिजनमा दिएको अन्तर्वार्ता केही अंशको भिडियो शेयर गर्दै उनले ‘राजनीतिमा हस्तक्षेप गरौं युवा पुस्ताले’ लेखेकी छन् ।

उनले लेखेकी छिन्- ‘ढल सफा गर्न ढल भित्रै  पस्नुपर्छ राजनीतिमा खराबी छ भने सफा गर्न राजनीतिमा युवा पुस्ता आउनु  पर्छ ।’

नेकपा एमालेबाट अलग भएर नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन गरी रामकुमारी झाक्री सचिव बनिन्।पार्टीले मन्त्रीबाट फिर्ता बोलाएपछी झाक्री पार्टीको नेतृत्वप्रती असन्तुष्टि बनेकी छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo