KhabarUjyalo

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरे राम्रो नहुने प्रचण्डको चेतावनी

२५ श्रावण २०७९, बुधबार
राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरे राम्रो नहुने प्रचण्डको चेतावनी

काठमाडौं । जापान भ्रमणमा रहेका सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरे राम्रो नहुने चेतावनी दिएका छन् ।

अध्यक्ष प्रचण्डले राष्ट्रपति भण्डारीले फिर्ता गरिहाले फेरि सरकारले अघि बढाउँदा नागरिकता विधेयक नरोकिने दावी गरे । नेपाली पत्रकारहरुसँग कुरा गर्दै उनले तराई मधेसका नागरिकका छोराछोरीको समस्या समाधान गर्न सरकारले पहल गरेको बताए ।

‘त्यत्रो समस्या समाधान गर्न सरकारले गरेको पहल र सदनले पारित गरेको प्रस्तावलाई राष्ट्रपतिले फिर्ता गर्नुहुन्छ भन्ने विश्वास म गर्नै चाहन्न,’ उनले भने । ‘उहाँले गर्नु पनि हुन्न ।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo