KhabarUjyalo

प्रधानमन्त्री देउवाले भेटे राष्ट्रपति भण्डारीलाई !

८ श्रावण २०७९, आईतवार
प्रधानमन्त्री देउवाले भेटे राष्ट्रपति भण्डारीलाई !

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । उनले साँझ एक घन्टा महत्वपूर्ण परामर्श गरेको बुझिएको छ ।

देउवाले चुनावको मिति घोषणाका लागि सिफारिश गर्नेबारे परामर्श गरेको बुझिएको छ । आउँदो मन्त्रिपरिषद बैठकबाट चुनवाको मिति घोषणा गर्ने तयारीमा देउवा रहेका छन् ।

सम्भवतः ४ मंसिरमा एकै चरणमा चुनाव गर्ने गरी सिफारिश गर्ने देउवाको तयारी छ । उनले यसबारे राष्ट्रपति भण्डारीसँग छलफल गरी सुझाव लिएको बुझिएको छ । निर्वाचन आयोगको सिफारिसमा सरकारले मिति तय गर्ने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आगामी मंसिरमा गर्ने तयारी भइरहेको छ।

यसअघि निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूको पाँचवर्षे कार्यकाल मंसिर २२ गतेबाट सकिने भएकाले त्यसअघि नै नयाँ जनप्रतिनिधिहरू निर्वाचित भइसक्नुपर्ने कानुनी बाध्यता रहेको निर्वाचन आयोगका पदाधिकारीहरूले बताउँदै आएका छन्।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo