KhabarUjyalo

भिमदत्त पन्तको टाउको काट्ने नेपाली कांग्रेस नै हो : ओली

७ श्रावण २०७९, शनिबार
भिमदत्त पन्तको टाउको काट्ने नेपाली कांग्रेस नै हो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहिद भिमदत्त पन्तलाई कांग्रेसले नै टाउको कटाएको आरोप छन्।

पुष्पलालको ४४ औं स्मृति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

सहिद भिमदत्त पन्तलाई कांग्रेसले नै टाउको कटाएको आरोप लगाउदै भने, ‘मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री छँदा २०१० सालमा भिमदत्त पन्तको टाउको कांग्रेसले कटाएको थियो। त्यसैले कांग्रेसले भीमदत्तलाई सहिद मान्दैन।’

उनले भिमदत्त र विद्यार्थी नेता चिनियाँ काजीको नाम लिँदा कांग्रेसको आङ सिरिङ्ङ हुने भन्दै दुर्गानन्द झाले राजा महेन्द्रको गाडीमाथि बम हान्दा त्यसको जिम्मेवारी पनि कांग्रेसले नलिएको सुनाए।

‘दुर्गानन्द झालाई राजामाथि बम हानेको भनेर फाँसी दिइएको थियो। तर कांग्रेसले त्यसको ओनरसीप लिएन। दुर्गानन्दलाई सहिद मानेनन्,’ ओलीको भनाइ छ।

त्यसक्रममा ओलीले पुष्पलालको जीवनको चर्चा गर्दै नेपालको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनका लागि पुर्याएको योगदानको चर्चा गरेका थिए।

नेकपाका संस्थापक महासचिव पुष्पलालले देखाएको बाटोबाट दायाँबायाँ नगर्ने बताए । पुष्पलालको २०३५ सालमा भारत निर्वासनकै क्रममा विरामीपछि निधन भएको थियो। उनको शव तत्कालिन पञ्चायत शासकले नेपाल ल्याउन प्रतिवन्ध लगाएपछि भारतमै दाहसंस्कार गरिएको थियो।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo