KhabarUjyalo

भीम रावलले ‘रोष्टम कब्जा’ गरेपछि..

४ श्रावण २०७९, बुधबार
भीम रावलले ‘रोष्टम कब्जा’ गरेपछि..

नेकपा एमाले सांसद भीम रावल अमेरिकासँग एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङ गर्न माग गर्दै रोष्टममा उभिएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा रोष्टमबाट उनले सरकारले अमेरिकासँग एसपीपी सम्झौता नगर्ने निर्णयको कार्यान्वन गराउने बारेको पत्र अमेरिका पठाउन रुलिङ गर्न माग गर्दै रोष्टम कब्जा गरेका हुन् ।

सभामुखको ड्यासमा अध्यक्षता गरेकी थिइन् सत्या पहाडीले । उनले पटक पटक आशन ग्रहण गर्न आग्रह गर्दा पनि रावलले मानेन् ।

उनले भने–‘नेपाल सरकारलाई गाह्रो प¥यो, अमेरिकालाई पत्र पठाउन रुलिङ गर्नुप¥यो । प्रतिनिधि सभाको यो बैठकले सहयोग गर्नुप¥यो । सरकारले रद्ध गर्ने निर्णयको स्वागत गर्छु । प्रतिनिधि सभाको ताकत सरकारलाई देखाउनुप¥यो ।’

धेरैबेर रावलले माग गरेपछि केही सांसदहरुले नियमापत्ति जनाए । साथै केही सांसदहरुले माइक काट्न सभामुखलाई आग्रह गरे । तर पहाडीले माइक नकाटी सम्बन्धित मन्त्रीलाई ध्यानाकर्षण गराएको बताउँदा पनि रावल रोष्टमबाट झरेनन् ।

सभामुखको ड्यासमा रहेकी पहाडीको जोर नचलेपछि सभामुख अग्नि सापकोटा ड्यासमा आइपुगे । रावलले उठाएको विषयमा ध्यानाकर्षण भएको बताउँदै उनले उठाएको कुरा विषयान्तर भएको बताउँदै रावललाई आफ्नो सिटमा गएर बस्न भने । तर सांसद रावल पछि हटेनन् ।

राष्ट्रियताको विषय भएकोले विषयान्तर नभएको जिकिर गर्दै उनले सरकारलाई रुलिङ गर्दै एसपीपी सम्झौतामा सहभागी नहुनेबारे अमेरिकालाई पत्र लेख्नका लागि रुलिङ गर्न माग गरिरहे । केही सिप नलागेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरे ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo