KhabarUjyalo

देउवालाई ३१ वर्षदेखि सुदूरपश्चिमका जनताले थारो भैंसी पालेजस्तै पाल्नुपरेको छ

४ श्रावण २०७९, बुधबार
देउवालाई ३१ वर्षदेखि सुदूरपश्चिमका जनताले थारो भैंसी पालेजस्तै पाल्नुपरेको छ

काठमाडौं– नेकपा एमालेका सांसद नरबहादुर धामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुदूरपश्चिमका जनताले ३१ वर्षदेखि थारो भैंसी पालेझैँ पाल्नुपरेको बताएका छन्।

प्रधानमन्त्रीलाई ३१ वर्षदेखि जनताले भोट दिए पनि भोट बालुवामा पानी हाले बराबर भएको उनले टिप्पणी गरे। प्रधानमन्त्रीले कैलालीको गेटामा मेडिकल विश्वविद्यालय खोल्ने कुरामा बेवास्ता गरे सुदूरपश्चिमका जनताप्रति गद्दारी, विश्वासघात गरेको ठहरिने धामीले बताए।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo