बिराटनगर । गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई छिट्टै पक्राउ पर्ने बताएका छन् । नेकपा ओली समूहले आज बिराटनगरमा गरेको आमसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
गृहमन्त्री थापाले भागरथी भट्टको बलात्कारपछि हत्या गर्नेलाई संलग्नलाई कारबाही गरी छाड्ने प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घोष कार्यान्वयन गरिएकोसमेत दाबी गरे ।
‘निर्मला पन्तको बलात्कारी पनि कानूनको पञ्जा नजिक आइसकेको छ । छिट्टै कानूनी कठघरामा उभ्याउने छौं’।
सो अवसरमा गृहमन्त्री थापाले आफू सरकारमा आएपछि अपराध र गुण्डागर्दीका घटनामा कमी आएकोसमेत दाबी गरे ।
