काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल यमबुद्धको सालिक बनाउने काठमाडौं महानगरपालिका निर्णय स्वागतयोग्य भएको बताएका छन्।
संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने ब्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो’ पौडेलले बिहीबार ट्वीटरमा लेखेका छन्, ‘नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यम बुद्धको प्रतिमा (सालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ।’
र्यापरसमेत रहेका महानगरपालिकाका मेयर बालेन साहले यमबुद्धको सालिक बनाउने आफ्नो निर्णयको बिरोध भएपछि त्यसका लागि आवश्यक रकम महानगरकातर्फबाट नभइ आफ्नो तलबबाट खर्च गर्ने उल्लेख गरेका छन्।
