नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी विधान संशोधन गरेर भए पनि तेस्रो कार्यकाल सभापति भइदिने चेतावनी दिएका छन् ।
दुई दिनदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरुले उठाएका कुराहरुको जवाफका क्रममा देउवाले होटल होटलमा गुट भेला गरेर आफूलाई जिस्क्याउने र पेल्न खोजिएको बताएका छन्।
उनले आफूलाई बारम्बार जिस्क्याउने हो भने पार्टी विधान संशोधन गरेर भए पनि तेस्रो कार्यकाल सभापति भइदिने चेतावनी पनि देउवाले नेताहरुलाई दिएका छन्।
‘मलाई नजिस्क्याउनुस्, विधान संशोधन गरेर भए पनि तेस्रो पल्ट सभापति हुन सक्छु’, देउवाको भनाइ उद्धृत गर्दै एकजना नेताले भने, ‘होटल होटलमा गएर बैठक नगर्नु, अब मलाई पार्टी सभापति हुने रहर छैन। जिस्काउनुहुन्छ भने म संशोधन गरेर भए पनि सभापति हुन्छु। मलाई अब नपेल्नुस् म फेरि सभापति हुने दौडमा छैन।’
