KhabarUjyalo

प्रतिपक्षी सांसदहरुद्वारा सुदूरपश्चिम प्रदेशसभा बैठक बहिस्कार

२७ असार २०७९, सोमबार
प्रतिपक्षी सांसदहरुद्वारा सुदूरपश्चिम प्रदेशसभा बैठक बहिस्कार

धनगढी, २७ असार । सुदूरपश्चिम प्रदेश सभाको बैठक प्रतिपक्षी दलहरुले बहिस्कार गरेका छन्। नेकपा एमाले र जसपा लगायतका प्रतिपक्षी दलहरुले आजको बैठक बहिस्कार गरेका हुन्। 

स्थगित भएपछि आज ३ बजे बैठक आह्वान गरिएको थियो। तर,  प्रदेश सभामा प्रतिपक्षी दलका प्रदेश सभा सदस्य उपस्थित नभएपछि अपराह्न ३ बजे बोलाइएको बैठक पनि स्थगित गरिएको हो । अर्को बैठक भोलि विहान ११ बजे बोलाइएको छ । यसअघि, आजै ११ बजे बोलाइएको बैठक पनि स्थगित भएको थियो । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo