KhabarUjyalo

बूढीगङ्गामा मेयर र उपमेयरमा एमालेको अग्रता कायमै, २७ मत गणना हुँदा कसको कति ?

२५ असार २०७९, शनिबार
बूढीगङ्गामा मेयर र उपमेयरमा एमालेको अग्रता कायमै, २७ मत गणना हुँदा कसको कति ?

बाजुराको बूढीगङ्गा नगरपालिकामा मतगणना भइरहेको छ ।

पछिल्लो प्राप्त विवरण अनुसार २ हजार ७ सय मत गणना हुँदा नेकपा एमालेबाट मेयरका उम्मेदवार रामबहादुर बानियाँ १ हजार ५ सय ९२ मतसहित अगाडि हुनुहुन्छ । नेपाली कांग्रेसका मेयर उम्मेदवार रङ्गबहादुर खातीले ९ सय ९० मतसहित बानियाँलाई पछ्याइरहनुभएको छ ।

त्यसैगरी उपमेयरका एमालेका उम्मेदवार मायाँ कुवँरले १ हजार ५ सय ५७ र कांग्रेसका रीता शाहीले १ हजार १० मत प्राप्त गर्नुभएको छ । वडा १ र १० को मतगणना सकिएको छ । अहिले वडा २ र ९ को गणना भइरहेको छ ।

वडा १ मा एमालेका रणबहादुर थापासहित प्यानल नै विजयी भएको छ । कांग्रेसका वडाअध्यक्ष उम्मेदवार लोगबहादुर थापा पराजित हुनुभयो । विजयी रणबहादुर थापाले ३ सय ५३ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका लोगबहादुर थापाले ३ सय १८ मत ल्याउनुभयो ।

त्यस्तै वडा नम्बर १० मा नेकपा एमालेका दलबहादुर साउद विजयी हुनुभएको छ । कांग्रेसका उम्मेदवार मोहनबहादुर बुढा पराजित हुनुभएको छ । विजयी साउदले ५ सय ४८ मत प्राप्त गर्नुभयो भने पराजित बुढाले ४ सय ९१ मत ल्याउनुभयो ।

बूढीगङ्गामा नयाँ जनप्रतिनिधि चुन्न अस्ति बिहीवार पुनः मतदान भएको थियो । त्यहाँ १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo