KhabarUjyalo

२०६३ वैशाख ११ गते ज्ञानेन्द्रले पढेको वक्तव्य मैले ड्राफ्ट गरिदिएको हुँ : ओली

२४ असार २०७९, शुक्रबार
२०६३ वैशाख ११ गते ज्ञानेन्द्रले पढेको वक्तव्य मैले ड्राफ्ट गरिदिएको हुँ : ओली

काठमाडौं । २०६२–०६३ को जनआन्दोलनपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले पढेको वक्तव्य आफूले ड्राफ्ट गरेको एमाले अध्यक्ष केपी ओलीले बताएका छन् । शुक्रबार छविलाल कार्की स्मृति प्रतिष्ठानले आयोजन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।

उनले भने– ‘२०६३ वैशाख ११ गते ज्ञानेन्द्रले सर्वदलीय सहमतिमा पार्टीले तयार पारेको ड्राफ्ट पढेका थिए । त्यो एमालेको पार्टी कार्यालय वल्खुको अघि चौरमा रुद्राक्षको बोटमुनि बसेर मैले ड्राफ्ट गरेको थिएँ । ज्ञानेन्द्रले पढेका त्यहिँ थिए । दुईटा कुरा गरिएको थियो– एउटा मैले भंग गरेको संसद् पुनःस्थापना गरिएको छ। अर्को बहुदलीय व्यवस्था जनताको नासो जनतालाई फर्काइदिएको छु । अथवा विगठित संसदको पुनःस्थापना गरिएको छ ।’

उनले माओवादीले जनयुद्ध गर्नुको उद्देश्य अर्कै रहेको बताए । छोटो बाटोबाट सत्तामा पुग्ने र आफ्नै भलाई गर्न गरिएको उनको भनाइ छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo