KhabarUjyalo

अर्थमन्त्रीले राजीनामा नदिए प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्छ : गगन थापा

२० असार २०७९, सोमबार
अर्थमन्त्रीले राजीनामा नदिए प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्छ : गगन थापा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थ मन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

आज सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले यस्ताे प्रतिक्रिया दिएका हुन् । अर्थ मन्त्री शर्माको सम्बन्धमा संसदभित्र र बाहिर प्रश्न उठेकोले राजीनामा दिनुपर्ने उनले बताए ।

महामन्त्री थापाले अर्थ मन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने टिप्पणी गरे । उनले भने, ‘अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसकेपछि तत्काल प्रधानमन्त्रीले यसबारेमा एक्शन लिनुपर्छ ।

मेराे बुझाइमा अर्थ मन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ, कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनुपर्छ । यसबारेमा तत्काल छानबिन गर्नुपर्छ । बजेटमा करकाे दर हेरफर गरिएकाे भनिएकाे छ, करको दर भनेको चाहिँ सामान्य कुरा होइन । कसैले सामान्य मानवीय त्रुटि भयो भनेर यसबाट जान पाउने कुरा पनि छैन ।’

महामन्त्री थापाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज नरहेको विषय बाहिर आएपछि झनै प्रश्न उठेको बताए । उनले अर्थ मन्त्री शर्मालाई राजीनामाका लागि आफूहरूले अनौपचारिक रूपमा भनिसकेको पनि बताए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo