काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावअघि नै पार्टी एकता गर्ने तयारी गरेका छन् ।
पछिल्लो समय माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुबीच चुनावअघि नै पार्टी एकता गर्ने विषयमा छलफल भइरहेको र छलफल सकारात्मक रहेको नेताहरुले बताएका छन् ।
यसअघि कांग्रेस बाहेक सत्ता गठबन्धनमा रहेका दलहरुले छुट्टै गठबन्धन बनाउने विषयमा कुराकानी अघि बढाएका थिए । अहिले उनीहरुको संवाद चुनावअघि कम्तीमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकता गरेर अघि बढ्ने बिषयमा केन्द्रित छ ।
आइतबार ललितपुरको सातदोबाटोस्थित एक घरमा भएको तत्कालिन नेकपाका पाँच जना सचिवालय सदस्यहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल र भर्खरै नेकपा एकता राष्ट्रिय अभियान खोलेर त्यसको संयोजक बनेका वामदेव गौमतबीच छलफल भएको थियो ।
