KhabarUjyalo

महेश बस्नेतको मध्यरातको सेल्फीले ल्यायो तरंग !

१९ असार २०७९, आईतवार
महेश बस्नेतको मध्यरातको सेल्फीले ल्यायो तरंग !

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र एमालेका नेता महेश बस्नेतबीच मध्यरातमा भेटवार्ता भएको छ । शुक्रबार राति उनीहरुबीच भेटवार्ता भएको हो । मुख्यमन्त्री पाण्डेलाई हटाउने खेल भएसँगै भएको भेटवार्ताले गठबन्धनमा एउटा तरंग पैदा गरेको छ ।

गठबन्धन दलहरुको सहमति अनुसार बजेट पछि राजेन्द्र पाण्डेले मुख्यमन्त्री नछाडेको भन्दै कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले हस्ताक्षर संकलन गरिरहेका छन् । त्यसपछि तालिएको बागमती प्रदेशको राजनीति पाण्डे र बस्नेत बीचको भेटले झनै तरंगित बनेको छ ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटी आफूले कुनै हालतमा मुख्यमन्त्रीबाट राजीनामा नदिने बताएका पाण्डेले एमालेको साथका लागि बस्नेतलाई भेटेका हुन् । समाजवादीलाई एमालेले मात्रै साथ दिएपनि पाण्डे सरकार बहुमतमा हुनेछ ।

नेपाली काँग्रेसका बागमती प्रदेशका सभापति समेत रहेका प्रदेश सांसद इन्द्र बानियाँका लागि मुख्यमन्त्री छाड्ने दबाब पाण्डे माथि थियो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo