KhabarUjyalo

बागमतीका मुख्यमन्त्री पाण्डे राजीनामा दिने तयारी

१८ असार २०७९, शनिबार
बागमतीका मुख्यमन्त्री पाण्डे राजीनामा दिने तयारी

काठमाडौं । प्रदेश मुख्यमन्त्री फेर्ने प्रसंगमा असहमत देखिएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एका-एक सरकारको नेतृत्व छाड्न सकारात्मक देखिएका छन् ।

बागमती प्रदेशमा एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न सकारात्मक देखिनुको कारण सत्तागठबन्धनमै रहेका माओवादी केन्द्र र नेपाली काँग्रेसले आफ्ना सांसद्हरुको हस्ताक्षर संकलनको तयारी गर्नु पनि हो ।

माओवादी र काँग्रेसले हस्ताक्षर संकलन तयारी गरेपछि दबाबमा परेका मुख्यमन्त्री पाण्डे नेतृत्व छोड्न सकारात्मक देखिएका हुन् । उनले आज संसदीय दलको बैठक बोलाएर राजीनामा दिने तयारी गरेका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo