KhabarUjyalo

जसपाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलायो

१७ असार २०७९, शुक्रबार
जसपाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलायो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको छ ।

पार्टीको कार्यलय सचिव प्रकाश अधिकारीले सम्पूर्ण मन्त्रीलाई फिर्ता बोलाइएको पुष्टि गरे । तर, नयाँ मन्त्रीको नाम भने तय भइनसकेको उनको भनाइ छ ।

जसपाबाट संघीय मामिलामन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव, वनमन्त्री रामसहायप्रसाद यादव र कृषिमन्त्री महिन्द्र राय यादव मन्त्री छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo