KhabarUjyalo

माधव नेपालप्रति गोकुलको कटाक्ष – ‘माकुराले आफ्नै माउ खान्छ‍‍‍‍, बल्ल परो नीरमाया माकुरी जालैमा,’

११ असार २०७९, शनिबार
माधव नेपालप्रति गोकुलको कटाक्ष – ‘माकुराले आफ्नै माउ खान्छ‍‍‍‍, बल्ल परो नीरमाया माकुरी जालैमा,’

काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपाललाई लक्षि गर्दै माकुराको संज्ञा दिएका छन् ।

नेता बास्कोटाले सामाजिक संजालमा स्टाटस लेख्दै माकुराको बच्चाले जालोमा सिकार नपाएपछि अन्तिममा आफ्नै माउलाई खाने टिप्पणी गरेका हुन् ।

उनले नेकपा एसका सांसदहरुलाई शिखण्डीको भरिया बनेकाहरु बल्ल माकुराको जालमा परेको भन्दै गीतको सानो अंशसमेत अटाएका छन् ।

‘माकुराको बच्चाले जालोमा शिकार नपरेपछि अन्तिममा आफ्नै माऊको शिकार गरेर पेट भर्छ। शिखण्डीको भरिया बन्याथ्यो। बल्ल परो नीरमाया माकुरी जालैमा,’ उनले स्टाटसमा भनेका छन् ।

नेकपा एकीकृत समाजवादीमा अध्यक्ष नेपालको निर्णयप्रति असन्तुष्टि जनाउदै सरकारमा सहभागी मन्त्रीहरुले विद्रोह गरिरहेका छन् ।

उनीहरु पार्टीको निर्णय नमान्ने भन्दै आफूहरुलाई पार्टी नेतृत्वले अपराधिजस्तै व्यवहार गरिरहेको भन्दै आपत्ति जनाइरहेका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo