नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूले स्वतन्त्रबाट चुनाव जित्नुलाई समग्र सत्यको रूपमा लिन नहुने बताएका छन्।
बिहीबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
उनले युवाहरू स्वतन्त्र उम्मेदवार भएर विजयी हुनुलाई अपवादको रूपमा लिनुपर्ने बताए।
अध्यक्ष ओलीले नेपालमा मुख्य रूपमा दुइटा मात्र राजनीतिक पार्टी रहेको भन्दै उनीहरूले राम्रो काम नगरे त्यसको अपवादको रूपमा नयाँ शक्तिले जन्म लिने बताए।
उनले राजनीति र राजनीति संगठनमा विचारको महत्व बढी हुने भन्दै गन्तव्य र उद्देश्यको लागि विचार आवश्यक रहेको बताए।
