काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र दुबईका राजपरिवार सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमबीच भेटवार्ता भएको छ ।
झापाका मेडिकल व्यवसायी तथा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंको निमन्त्रणामा नेपाल आएको माक्तुम ओलीलाई भेटन् मंगलबार ओली निवास बालकोट पुगेका हुन् ।
करिब एक घण्टा भएको भेटमा माक्तुमले नेपालबाट गएका युवाले युएईको विकासमा महत्वपूर्ण सहयोग गरेको सुनाएका थिए । अध्यक्ष ओलीले माक्तुमलाई नेपाल भ्रमण गरेकोमा स्वागत गर्दै यूएई विकासमा फड्को मारेको देश भएकोले त्यहाँबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताए
