KhabarUjyalo

निर्वाचनपछि प्रधानमन्त्रीमा गगन थापाको दावी रह्ने

५ असार २०७९, आईतवार
निर्वाचनपछि प्रधानमन्त्रीमा गगन थापाको दावी रह्ने

काठमाडौ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधि सभा निर्वाचनपछि प्रधानमन्त्री बन्ने इच्छा प्रकट गरेका छन् ।

कान्तिपुर टेलिभिजनमा शनिवार प्रसारित एक कार्यक्रममा महामन्त्री थापाले अब हुने चुनावपछि प्रधानमन्त्री बन्न प्रयास गर्ने बताएका हुन् । 

‘नेपालका जति पनि पूर्वप्रधानमन्त्रीहरू हुनुहुन्छ, कोही पनि व्यक्ति यो चुनावपछि नेपाललाई प्रधानमन्त्री भइदिएर थप गुन लगाइदिनु पर्ने कारण छैन,’ थापाले भने, ‘उहाँहरूको योगदान छैन भन्ने होइन । संविधान ल्याइदिनु भयो, अब हामीलाई मौका दिनुस् । हाम्रो जेनेरेसनबीच प्रतिस्पर्धा गर्छौं ।’ 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo