KhabarUjyalo

प्रधानमन्त्री देउवाको अडानपछि तत्कालै मन्त्री फेरबदल नहुने

२३ जेष्ठ २०७९, सोमबार
प्रधानमन्त्री देउवाको अडानपछि तत्कालै मन्त्री फेरबदल नहुने

काठमाण्डाै – नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू परिवर्तन गर्न पठाएको प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गर्नुभएको छ । छिटो–छिटो मन्त्री परिवर्तन गर्दा राम्रो सन्देश नजाने र बजेट पनि पास नभइसकेको अवस्थामा मन्त्री परिवर्तन गर्न नहुने देउवाको अडानपछि मन्त्री परिवर्तन नहुने भएका छन् ।

एकीकृत समाजवादीले चार जना पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियुक्त गर्न हिजो आइतवार प्रधानमन्त्रीलाई नामावली बुझाएको थियो । तर देउवाले आज साेमवार मन्त्री परिवर्तन नगर्ने बताउनुभएको हो । यो विषयमा प्रधानमन्त्री देउवाले गठबन्धन दलका शीर्ष नेताहरूसँग पनि छलफल गरेर सहमति जुटाएको बालुवाटार स्रोतले जनाएको छ ।

एकीकृत समाजवादीबाट अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ र भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री हुनुहुन्छ । राज्यमन्त्री खापुङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएर जीवनराम श्रेष्ठलाई पर्यटन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुवँरलाई श्रम रोजगार र हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री दिने तयारी थियो । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo