धनगढी, २२ जेठ । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिने भएको छ ।
अपरान्ह ४ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।
प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेको छ ।
बजेट ल्याउनु भन्दा १५ दिनअगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भएपनि यस वर्ष समेत ढिला गरि प्रस्तुत हुन लागेको हो। प्रदेश सरकारले असार १ गते अगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

