KhabarUjyalo

प्रधानमन्त्री देउवा अमेरिका भ्रमणमा जाने तयारी

१९ जेष्ठ २०७९, बिहीबार
प्रधानमन्त्री देउवा अमेरिका भ्रमणमा जाने तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जाने तयारी तिब्र पारिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा देउवा भ्रमणमा जान लाग्नुभएको हो ।  

अहिलेसम्म औपचारिक निर्णय भइनसकेको भए पनि यही जेठ २८ गतेदेखि भ्रमण हुने तयारी छ । दुवै तर्फबाट भ्रमणका एजेन्डाका विषयमा काम भइरहेको छ ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीको भ्रमण तयारी भइरहेको तर मिति भने निश्चित नभइसकेको छैन । परराष्ट्र मन्त्रालयमा पनि भ्रमणका एजेन्डाका विषयमा तयारी भइरहेको छ ।

प्रधानमन्त्रीकै रूपमा देउवाले ०५९ वैशाख २३-२८ मा अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । त्यसयता नेपालबाट उच्चस्तरको अमेरिका भ्रमण भएको छैन । अहिले नेपाल-अमेरिका मैत्री सम्बन्धको ७५औँ वर्षगाँठका अवसरमा उनले अमेरिकाको भ्रमण गर्न लागेका हुन् । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo