KhabarUjyalo

लेखराज नहुँदा हामी झन् बलियो भएका छौँ : खगराज भट्ट

१९ जेष्ठ २०७९, बिहीबार
लेखराज नहुँदा हामी झन् बलियो भएका छौँ : खगराज भट्ट

काठमाडौ : नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले लेखराज भट्टको नेतृत्वमा हुनुभन्दा आफू नेतृत्वमा आएपछि पार्टी संगठन बलियो भएको दाबी गरेका छन् । रातोपाटीसंग कुरा गरेको केही अंश- हिजो भन्दा अहिले धेरै पालिका जितेका छौँ । हिजो १० पालिका जितेका थियौँ भने अहिले १४ पालिका जितियो । उपप्रमुख पनि धेरै जितेका छौँ । अरु वडा अध्यक्ष र सदस्य सबैलाई जोड्ने हो भने हिजोको भन्दा दोब्बर जितेका छौँ ।

हामीले अहिले नतिजा जुन गुणात्मक बनाउन खोजेका थियौँ, त्यसमा निर्वाचन सम्बन्धी रणनीति, कार्यनीति र योजना बनाउन काँचा रहेछौँ । दोस्रो, हामीले हिजो जितेका पालिकालाई अधिक विश्वास गर्‍यौँ । सत्तामा गएपछि जनसम्बन्ध कस्तो रह्यो भनेर आकलन गर्न सकेनौँ । यसले गर्दा पनि क्षति पुगेको छ ।

तुलना नै गर्नुहुन्छ भने लेखराजजीको कार्यकाल भन्दा हरेक क्षेत्रमा उत्कृष्ट अवस्थामा छौँ । कैलाली र कञ्चनपुरमा तुलनात्मक रुपमा कम जिते पनि पहाडी जिल्लामा धेरै जितेका छौँ । पहाडको तुलनामा कैलाली र कञ्चनपुरको नतिजा भने अनपेक्षित भयो । नेकपा सर्वोच्च अदालतको फैसलासँगै खारेज भएपछि लेखराज भट्ट एमालेतिर लागेका थिए । रातोपाटीबाट

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo