काठमाडौ : प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेज सञ्चालनका लागि बजेट बिनियोजन गरिने बताएका छन्। सरकारले प्रतिनिधिसभामा पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले गेटा मेडिकल कलेज संचालनमा शंका नगर्न आग्रह गरेका हुन् ।
निति तथा कार्यक्रममा डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न समेटिदा गेटा मेडिकल कलेज संचालनबारे शंका गर्नुपर्ने कारण नै नभएको पनि प्रस्ट्याए। गेटा अस्पताल पुरानो भएकोले सरकारको निति तथा कार्यक्रममा नसमेटिएको आर्थिक बर्षको बजेटमा बजेट विनियोजन गरिने बताए ।

