काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा काठमाडौं र धरानमा नवनिर्वाचित मेयर बालेन्द्र साह र हर्कमान साम्पाङ मात्र स्वतन्त्र भएको बताएका छन्।
सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफलको क्रममा बोल्दै प्रचण्डले काठमाडौं र धरानमा नवनिर्वाचित मेयर बालेन्द्र साह र हर्कमान साम्पाङ मात्र स्वतन्त्र भएको बाँकी ठाउँ जनकपुर, धनगढी जितेका मेयर स्वतन्त्र भनिएपनी पार्टीका कार्यकता भएको बताएका हुन् ।
प्रचण्डले काठमाडौँ महानगरपालिकाका मेयर र धरान उपमहानगरपालिकाको मेयर मात्रै स्वतन्त्र भएको बताए । बाँकी स्वतन्त्र भनिएपनी पार्टीका कार्यकता भएको बताए ।
स्वतन्त्र उम्मेदवारहरूको निर्वाचनले दलहरूलाई चुनौती भन्दा पनि सावधानी अपनाउनतर्फ सचेत तुल्याएको बताए । दुवै फूलरुपी मेयरलाई प्रचण्डले बधाई दिँदै काठमाडौं र धरानवासी मतदातालाई धन्यवाद ज्ञापन गरे । यी मेयरलाई प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीमा फुलेका दुई फूलको संज्ञा दिएका छन् ।

