काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै चुनाव जितेर फेरि प्रधानमन्त्री बन्न चुनौती दिएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफलको क्रममा बोल्दै प्रचण्डले दुवैपटक माओवादीको वैशाखी टेकेर प्रधानमन्त्री भएको कुरा नभुल्नसमेत आग्रह गरेका छन्।
‘पहिलोपटक प्रधानमन्त्री पनि माओवादीको वैशाखी टेकेर बन्नुभएको हो। दोस्रोपटक पनि माओवादीको वैशाखी टेकेर प्रधानमन्त्री बन्नुभएको हो’, अध्यक्ष प्रचण्डले भने, ‘यो कुरा नभुल्न म ओलीलाई आग्रह गर्दछु।’

