KhabarUjyalo

बालेन साहको धन्यवाद र्‍याली सुरु हुँदै

१३ जेष्ठ २०७९, शुक्रबार
बालेन साहको धन्यवाद र्‍याली सुरु हुँदै

काठमाडौं :  काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित बालेन्द्र साह (बालेन)ले  धन्यवाद सभा गर्दैछन्।

आज बिहान टुँडीखेलमा बालेनको धन्यवाद सभा हुने उनका समर्थक तथा कलाकार अर्जुन घिमिरेले जानकारी दिए।  त्यसअघि बालेनका समर्थकहरू प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह क्षेत्रमा भेला हुनेछन्। 

त्यसपछि र्‍याली निकालिनेछ। र्‍याली सभागृहबाट भद्रकाली, सहिद गेट, त्रिपुरेश्वर हुँदै टुँडिखेलमा पुग्नेछ।  वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा बालेनले स्वतन्त्र उम्मेदवारी दिएर महानगरको प्रमुख निर्वाचित भएका हुन्।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo