काठमाडौ : नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले काठमाडौका नवनिर्वाचित मेयर बालेन साहलाई बधाई दिएका छन् ।
स्वतन्त्र उम्मेदवार उठेर काठमाडौको मेयरमा भारी मतले विजयी भएपछि सामाजिक संजालमा कांग्रेस महामन्त्री शर्माले लेखेका छन् ‘बालेनलाई दिऊ बधाई, बदलौ आफूलाई !’

काठमाडौका मतदाताले दिएको सन्देश दलहरुले आत्मसात गर्नुपर्ने महामन्त्री शर्माले बताए ।
काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन साह विजयी भएका हुन् । वालेनले ६१ हजार ७६७ मत प्राप्त गर्दा उनका निकट प्रतिद्वन्दी कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरेकी छन् ।

