KhabarUjyalo

५३५ पालिका नजिता सार्वजनिक : कांग्रेस २४३, एमाले १५५ र माओवादी १०२ स्थानमा विजयी

५ जेष्ठ २०७९, बिहीबार
५३५ पालिका नजिता सार्वजनिक : कांग्रेस २४३, एमाले १५५ र माओवादी १०२ स्थानमा विजयी

काठमाडौं : ५३५ स्थानीय तहको नजिता कांग्रेस २४३, एमाले १५५ र माओवादी केन्द्र १०२ पालिकामा विजयी सात सय ५३ स्थानीय तहमध्ये बिहीबार बिहानसम्म देशभरका पाँच सय ३५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ।

अहिलेसम्म सबैभन्दा धेरै पालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अहिलेसम्म दुई सय ४३ स्थानीय तहमा कांग्रेसले प्रमुख जितेको छ भने ७५ स्थानीय तहमा अग्रता कायम गरिरहेको छ।

२०७४ को स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै स्थानीय तह जितेर पहिलो दल बनेको नेकपा एमाले यो निर्वाचनबाट दोस्रो स्थानमा पुग्ने निश्चित भएको छ।एमालेले अहिलेसम्म एक सय ५५ स्थानीय तहको प्रमुख जितेको छ। मतगणना चलिरहेका ५२ पालिकामा एमालेका उम्मेदवार अगाडि छन्।

माओवादी केन्द्रले अहिलेसम्म १०२ स्थानीय तहको प्रमुख जितेको छ भने २० पालिकामा उसले अग्रता कायम राखेको छ। अहिलेसम्म सार्वजनिक मत परिणाम र अग्रतालाई हेर्दा माओवादी केन्द्रले ०७४ को भन्दा आफ्नो अवस्था केही सुधार गर्ने देखिन्छ।

जनता समाजवादी पार्टी (जसपा) ले अहिलेसम्म १२ स्थानीय तहको प्रमुख जितेर चौथो स्थान कायम गरेको छ। उसले २० स्थानीय तहमा अग्रता कायम गरेको छ।एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले अहिलेसम्म ९ स्थानीय तहको प्रमुख जितेको छ। ११ स्थानीय तहमा उसले अग्रतालाई कायम राखेको छ।

देशभरमा पाँच स्थानीय तहको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo