डडेल्धुराः कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुखमा काँग्रेसका उम्मेदवार डिल्ली जोशी र नेपाली काँग्रेस विपीका हरि भट्टले बिच कडा प्रतिस्पर्धा भएको हो ।
प्रमुखमा काँग्रेसका उम्मेदवार डिल्ली राज जोशीले ३६१९ मत ल्याएर विजयी भएका हुन् । उनका निकट प्रतिद्वन्दी नेपाली काँग्रेस विपीका हरि भट्टले ३४२६ मत प्राप्त गरे ।
यस्तै उपप्रमुखमा काँग्रेसकै उमेदवार पार्वती झुकालले ३६७८ मतले विजयी भएकी हुन् । उनका निकट प्रतिद्वन्दी एमालेका यज्ञराज अवस्थीले ३०८५ मत प्राप्त गरे।
वडा नम्बर १ देखि ७, ९, १० र ११ मा कांग्रेसको प्यानलै विजयी भएको छ भने ८ मा काँग्रेस विपी विजयी भएको छ ।

