KhabarUjyalo

प्रधानमन्त्री देउवा मतदान गर्न धनगढीबाट हेलिकप्टरमा सिधै रुवाखोला आउदै !

३० बैशाख २०७९, शुक्रबार
प्रधानमन्त्री देउवा मतदान गर्न धनगढीबाट हेलिकप्टरमा सिधै रुवाखोला आउदै !

डडेल्धुरा – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्ने भएका छन् ।

आज मतदान गर्न प्रधानमन्त्री देउवा धनगढीबाट नेपाली सेनाको हेलिकप्टरमा सिधै रुवाखोलामा आउने कार्यक्रम रहेको छ ।

स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री देउवाले असिग्राम मावि रुवाखोलाबाट मतदान गर्ने सहायक मतदान अधिकृत दिलीप तामाङले जानकारी दिएका छन् ।

यसअघि पनि प्रधानमन्त्रीले यही मतदान केन्द्रबाट मताधिकार प्रयोग गरेका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo